CONTACT
Chabahil, Ganeshasthan
Kathmandu, Nepal
Phone:+977-01-4497351/9841-496103
email : nepal.vk@hotmail.com/
           nepal120@yahoo.com/
           shabdarthaprakashan@gmail.com/

Introduction

Shabdartha Prakashan came into existence in 2062 B.S. with a belief that there is at least one important thing to be done by each and every Nepali to assure a good future for our coming generation by stressing upon skilful, knowledgeable and self- reliant activities during this critical and peak hour of time where on one hand dishonest activities are into play and on the other, modernism is ruling our language and literature. Our goal is only to publish best literature as well as morality, knowledge and skill based text-books. Above all, our principal target is to publish dictionaries of different languages by means of Nepali Languages. Side by side we have been publishing text books of schools, campuses, dictionaries of technical words as well as a literacy magazine called “Baijayanti.” We have published 400 and over books in all each one being best of their kinds.
परिचय
नेपाली भाषा, साहित्य, संस्कृति र शिक्षाले निरन्तर नयाँ मोड, नयाँ स्वरुप धारण गर्दै गएको अवस्थामा, नैतिकता र स्वावलम्बन क्रमिक ह्रास हुँदै गएको बेलामा, शिक्षा ज्ञानबाट जानकारीमा मात्र सीमित हुन थालेको समयमा, राष्ट्रका प्रत्येक क्षेत्र, तप्का र घरघरबाट जागरुक बन्दै प्रत्येक नेपालीले आफ्नो स्वरुप निर्धारण गर्न केही न केही सीपमूलक, ज्ञानमूलक र स्वावलम्बनका उपायहरु अवलम्बन गर्नै पर्दछ भन्ने उद्देश्यसाथ २०६२ साल भाद्र ९ गते स्थापना भएको हो शब्दार्थ प्रकाशन । उत्कृष्ट साहित्य, नैतिक मूल्य र मान्यता, ज्ञानमूलक र सीपमूलक पाठ्य पुस्तक र मुख्य रुपमा नेपाली भाषाको माध्यमबाट शब्दकोश प्रकाशन गर्ने यसको लक्ष्य रहेको छ । साहित्य, स्कूल-क्याम्पसका पाठ्य सामाग्री, भाषा ज्ञान, सीप ज्ञान, र शब्दकोशको साथै वैजयन्ती नामक साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएको शब्दार्थ प्रकाशनले आफ्नो विगतका ९ वर्षमा ४०० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ । 
Read More >>

Best Selling Book

           
Our Best Selling Book of 2014

Our Popular Book

    
Our Pupular Book 2014

New Release Book

Vaijayanti

 
 २०६५ साल चैत्र रामनवमीदेखि आरम्भ गरिएको र हालसम्म निरन्तर एक अंक नबिराइ निस्किरहेको यो पत्रिका विधा केन्द्रित साहित्यिक पत्रिका हो, यसले  हरेक अंकको एउटा श्रेस्ठ रचनालाई वैजयन्ती स्रस्टा सम्मान प्रदान गर्दै आएको छ र यसको अहिलेसम्म छन्दकविता-५, समीक्षा-३, संस्मरण-४, स्वदेश र विदेश यात्रा-५, राष्ट्रिय व्यक्तित्व-३, निबन्ध-२, कथा-३, गद्यकविता-२,संस्कृति र चाडपर्व-२, एकांकी-१, लघुउपन्यास-१, लघुकथा-१, मुक्तक-१ र गजल अंक आइसकेको छ ।

Dayitwa

 
  संस्थागत रूपमा र निजी स्तरबाट समेत  साहित्यिक पत्रिकाहरू कमै मात्रामा प्रकाशन भइरहेको अवस्थामा उदीयमान लेखकहरुले स्थान पाउन नसकेको आवाज उठिरहेको देखेर एउटा विशुद्ध साहित्यक पत्रिका थालनी गर्न आवश्यक देखी केहि जागरुक साथीहरूको सहयोगमा दायित्व पत्रिका २०४४ साल वैशाखदेखि थालनी गरिएको हो ! यसको उद्देश्य स्थापित एवं अग्रज साहित्यकारहरूलाई ससम्मान स्थान दिनु र उदीयमान लेखकहरूलाई प्रोत्साहन गरी नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गर्ने रहेको छ !

Programme

 
header-section

​Weekly Literature पुनरावृत्ति

See All >
‘तेरो माथापच्चीमा केही विचारको, केही शब्दको पुनरावृत्ति छ नि ?’ मलाई एउटा विद्वान् अग्रजले भने । हो ! पुनरावृत्ति कहाँ छैन ? केमा छैन पुनरावृत्ति ? मैले मनमनै सोचेँ । ब्रह्माण्डको उत्पत्तिदेखि नै तारा, नक्षत्र र ग्रहहरु घुमेको घुमेकै छन् । सूर्यले ताप र किरण फालेको फालेकै छ । पिण्डहरु चक्कराएको चक्कराएकै छन् । रात दोहरिएको दोहरिएकै छ । दिन आएको आयै र गएको गयै छ । ब्रह्माण्डका यावत् तत्व क्षण क्षण रुपान्तर भई नै रहेकाछन् । वस्तुको बन्ने र नासिने क्रम न म रोक्न सक्छु न तपाईं रोक्न सक्नुहुन्छ । तत्व तत्वको जोडले प्रक्रिया र प्रक्रियाले तङ्खवलाई चलयमान बनाएको बनाएकै छ । मान्छेको जन्म र मृत्यु दुवै भोक्ता मान्छेको हातमा र वशमा छैन । अर्को कसैको भरले अर्को कोही जन्मन्छ र मर्छ । मान्छे अर्को वा अरुलाई बन्देज लगाउने प्रयास गर्नसक्छ वा गर्नपुग्छ तर उसको आफ्नो गति र जीवन उसको भरले मात्र चल्दैन । पानी– खोलो, समुद्र, बादल बनेर झरेको झरेकै छ । माटो चट्टान र चट्टान माटोमा परिणत भएको भयै छ । कहाँ छैन पुनरावृत्ति ? केमा छैन पुनरावृत्ति ? जीव जन्मेको जन्म्यै र मरेको म¥यै छ । रुखले बीज र बीजले रुख बनाएको बनाएकै छ । अन्डाबाट कुखुरा र कुखुराबाट अन्डा बनेको बनेकै छ । मान्छेले मान्छे र बाँदरले बाँदर जन्माएको जन्माएकै छ । श्रीमान् फुत्त कुनै नयाँ बाँदर वा मान्छे, कुखुरो वा हात्ती किन नजन्मिएका होलान्, नझरेका होलान् यसतर्फ सोच्नु भएको छ ? कुकुरले कुकुर वा भँगेरोले भँगेरा जन्माउनु पुनरावृत्ति हो कि होइन ? स्यालले स्याल नजन्माइ सृष्टि संरचनामा पुनः अर्को स्याल जन्मेको इतिहास कहीँ कतै पढ्नुभएको छ के ? धान उम्रेको उम्रै छ–चामल हामीले खाएको खायै छ । एकपल्ट यसो नजर फिराउनोस् त ! धान, मकै, गहुँ वा कुनै खाद्य एकपल्ट मात्र जन्मेका भए यो संसार कस्तो हुँदो हो ? मान्छे वा जीवको जीवन कस्तो हुँदो हो ? पुर्खाले यो खा त्यो नखा भनेर तोकिदिँदा त तपाई झुक्केर वा हेपेर कतिपल्ट रूग्ण बन्नुभएको छ र तपाईं जस्तै कति हठीहरुले मर्नु परेको छ समयभन्दा पहिले । नित्य नयाँ भए तपाईंको हालत के पो होला ? महाशय के तपाईं आफै मान्छेले मान्छे जन्माउने पुनरावृत्तिको अंश होइन र ? मान्छेले आज गर्व गर्न पाएका यावत् भौतिक वा आध्यात्मिक संरचना, वस्तु वा भाव, सबै सबै स्वास्थ वा विज्ञानका उपलब्धिहरु पुनरावृत्तिकै जोड र कारण होइन र ? यदि मान्छेले मान्छे मात्र अर्थात् चेतनाले चेतना नफैलाएको भए आजको तपाईको सोच पनि विकास हुन्नथ्यो कि ? पृथ्वीका अझै भनौँ ब्रह्माण्डका प्रत्येक तत्व एकपल्ट मात्र हुने थिए–सधैँ नयाँ सबै नयाँ, यावत् मूर्ख र अन्यौलग्रस्त । यो ब्रह्माण्डमा कुन तत्व त्यस्तो छ जुन पुनरावृत्तिको फेरोमा परेको छैन ? अरुका आँखाले देखेका सबै नयाँमा म मात्र देख्छु पुनरावृत्ति । त्यसैले श्रीमान् मलाई प्यारो लाग्छ पुनरावृत्ति ।
more info