Introduction

       नेपाली साहित्यको धरातल अझ बढी फराकिलो पार्दै नेपाली साहित्यलाई सशक्त वैभवशाली र समुन्नत बनाई विश्व साहित्यको समकक्ष स्थापित गर्न सघाउ पुर्याउने र विशुद्ध सेवा गर्ने उद्देश्य राखेर दायित्व वाङमय प्रतिष्ठान गठन भएको हो, यसले नेपाली साहित्यका सिर्जनशील अग्रज लेखकहरुलाई कदर एवं सम्मान गर्ने, नवोदित प्रतिभाहरुलाई प्रोत्साहित गर्ने र नेपाली साहित्यको श्रीवृद्दि गर्न छरिएर रहेका विभिन्न धारामा कलम चलाउने साहित्यकारहरुलाई एकै विशुद्ध साहित्यिक धारामा समाहित गर्न प्रतिबद्ध रहने दृढ आकाँक्षा लिएर यस प्रतिष्ठानले लिएको छ !