Introduction

   नेपालभित्रका नेपाली साहित्यको फाँटलाई फराकिलो र उज्ज्वल पार्ने र विशुद्ध साहित्य सेवा गर्ने उद्देश्यले नेपाल वंशजका साहित्यकार, समाजसेवी, कलाकार आदि व्यक्तित्वहरुलाई समेटेर तिनका नाममा ‘सम्मान’ गर्न र ‘पुरस्कार’ प्रदान गरी नेपाल राष्ट्रको नेपाली साहित्यलाई अझै फराकिलो पार्न नेपाल साहित्य समाज (ने.सा.स.) को स्थापना भएको हो । हाल नेपाली पद्य साहित्य फाँटलाई निरन्तर उत्साह र प्रोत्साहित गर्ने उद्देश्यले वसन्त–राधा पद्यकाव्य पुरस्कार र समाज सेवा फाँटमा हेमकुमारी–दिवाकर समाजसेवा सम्मानको आरम्भ गरिएको छ र क्रमैसँग अन्य विधामा सम्मान गर्दे जाने व्यवस्था गर्न समेत समाज कटिबद्ध रहने छ ।
    साहित्य फाँटका राष्ट्र्यि व्यक्तित्वहरुका उत्कृष्ट ग्रन्थहरु खोजी प्रकाशमा ल्याउने र यस संस्थाले दान चन्दा वा सर्वाधिकार पाएका ग्रन्थहरुलाईं प्रकाशन गर्ने÷गराउने व्यवस्थाको उच्च आकाङ््क्षा लिएर नेपाल साहित्य समाजको स्थापना गरिएको हो । नेपाली भाषा, साहित्य, कला, संस्कृति, विज्ञान आदिको प्रचार–प्रसार, अध्ययन–अनुसन्धान गरी नेपाली भाषा र साहित्यलाई उन्नत पार्ने यस समाजको उद्देश्य रहेको छ । पुरस्कारको विवरण पुरस्कारकै लिंकभित्र छ ।