Puraskar Tatha Samman

वसन्त राधा पद्य काव्य पुरस्कार 

नेपाली साहित्यको शिखर व्यक्तित्व वसन्तकुमार शर्म्मा नेपाल र उहाँको धर्म पत्नी राधादेवी शर्माको नाममा स्थापित 
कम्तीमा ५ वर्ष पद्य साहित्यमा कलम चलाएको र कम्तिमा एउटा काव्य वा महाकाव्य रचेका कविलाई यो पुरस्कार प्रदान गर्दै आएको हो ! २२,२२२/- रुपयाँबाट आरम्भ गरिएको 
यस पुरस्कार हरेक वर्ष रामनवमीको दिन प्रदान गरिनेछ  र ०७२ सालमा यसको राशि ५२,२२२/- को हुनेछ ! 

हालसम्म यो पुरस्कार पाउने कविहरु 
१. २०६८ डिल्लीरमण शर्मा अर्ज्याल ।
२. २०६९ पुरुषोत्तम सिग्देल तथा गोविन्दराज विनोदी ।
३. २०७० बुनू लामिछाने ।
४. २०७१ भुवनहरि सिग्देल
५. २०७२ लक्ष्मीकुमार कोइराला


हेमकुमारी दिवाकर समाजसेवा सम्मान 

पण्डित दिवाकर उपाध्याय नेपाल र उहाँको धर्म पत्नीको नाममा स्थापित 
कम्तीमा १० वर्ष पूर्वीय अध्यात्मको भावभूमिमा रहेर गैर व्यवसायिक समाजसेवीलाई प्रदान गरिने ११,१११/- रुपयाँबाट आरम्भ गरिएको 
यस पुरस्कार हरेक वर्ष रामनवमीको दिन प्रदान गरिनेछ  र ०७१ सालमा यसको राशि २५,५५५/- को हुनेछ ! 
हालसम्म यो पुरस्कार पाउने संस्थाहरु 
१. २०६८ प्रणवानन्द आश्रम, गुह्येश्वरी ।
२. २०६९ चिसाखोला आश्रम, पोखरा ।
३. २०७० भागवत् सन्न्यास आश्रम, पशुपति ।
४. २०७१ पवित्र सेवा समाज, काठमाडौँ ।
५. २०७२ त्रिफला राष्टि्य पुस्तकालय, झापा