Introduction

    विभिन्न भाषामा लेखिने कविता, आख्यान, नाटक, निबन्ध तथा ती माथि हुने समालोचना आदि साहित्यका विभिन्न विधालाई राष्ट्रियस्तरमा सम्मान र निष्ठा प्रकट गर्न साहित्य दिवस मनाइ आम नागरिकलाई साहित्य, संस्कृति र सभ्यता पनि एक सम्पदा हो भन्ने अनुभूति गराउने एवं साहित्य पारदर्शी होस् भनी साहित्यको वर्ष पुस्तक प्रकाशन गर्ने, साहित्यकारको सङ्क्षिप्त संस्करण तयार गर्ने तथा विश्वका साहित्यकारलाई नेपालको साहित्य बोध गराउन साहित्यग्राम खडा गर्ने तथा विभिन्न मातृभाषामा लेखिने साहित्यलाई समेत समान महत्व दिने जस्ता कार्य एवं साहित्य चौतारी स्थापना गर्ने काम राष्ट्रियस्तरमा गरी मुलुकको साहित्य विधाको महत्वबारे हरेक नेपालीलाई बोध गराउने र नेपालमा प्रबद्र्धन हुने साहित्यलाई अन्तराष्ट्रियकरण गर्ने दिशामा आभिमुख हुने जस्ता कार्य गर्न वाञ्छनीय भएकोले राष्ट्रियस्तरको मुनाफारहित सामाजिक संस्थाको स्थापना गरिएको छ ।
   क) यो संस्था मुनाफारहित, जनहितकारी राष्ट्रियस्तरको साहित्य प्रवद्र्धक सामाजिक संस्था हुनेछ ।
   ख) विभिन्न भाषामा लेखिने कविता, आख्यान, नाटक, निबन्ध, कला तथा तीमाथि हुने समालोचना  बोध अनुसन्धानजस्ता साहित्यका विभिन्न विधालाई राष्ट्रियस्तरमा सम्मान र निष्ठा प्रकट गर्न हरेक वर्षको
 बैशाख १ गते राष्ट्रियस्तरमा साहित्य दिवस मनाउने । 
  ग) आम नागरिकलाई साहित्य पनि संस्कृति, शिक्षा र सभ्यता सम्बन्धी ज्ञान दिने एक सम्पदा हो भन्ने बोध गराई साहित्यप्रति रुचि जगाउने विभिन्न कार्यक्रम आयोजना गर्ने । 
  घ) साहित्य पारदर्शी होस् भन्ने अभिप्रायले वर्षभरी मुलुकमा प्रकाशन हुने साहित्यका विविध विधाका पुस्तकहरूको अभिलेख रहने गरी साहित्यको 
वर्ष पुस्तक प्रकाशन गर्ने ।
   ङ) साहित्यकारको सङ्क्षिप्त संस्करण तयार गर्ने एवं प्रकाशन गर्ने ।
   च) स्वदेश एवं विदेशका साहित्यकारलाई नेपालको साहित्यको बारेमा बोध गराउन मुलुकका विभिन्न स्थानमा अनुसन्धान कक्षसहित साहित्यग्राम खडा गर्ने तथा त्यसको संरÔण तथा सञ्चालन गर्ने । 
छ) राष्ट्रियस्तरमा विभिन्न मातृभाषामा लेखिने साहित्यलाई समान महत्व दिई सबै भाषाको साहित्यलाई समान रूपमा फस्टाउने अवसर प्रदान गर्ने ।
ज) मुलुकी साहित्यलाई अन्तराष्ट्रियकरण गर्न अनुवाद साहित्यको विकासमा अभिमुख हुने ।
झ) विभिन्न स्रष्टाहरूको एकल तथा सामूहिक जयन्ती कार्यक्रम आयोजना गर्ने ।
ञ) विभिन्न विधा एवं भाषाका स्रष्टा तथा समालोचकलाई साहित्य सम्मान एवं पुरस्कारले सुशोभित गर्ने ।
ट) नेपाली साहित्यको हित हुने नेपालका विभिन्न भाषा एवं विधाको साहित्यका बारे शोध, अध्ययन तथा अनुसन्धान गर्ने गर्न लगाउने ।
ठ) विभिन्न साहित्यकारको नाममा स्थापित वा स्थापना हुने तथा अन्य साहित्य पुरष्कार सञ्चालन, व्यवस्थापन एवं वितरण गर्ने ।
ड) विभिन्न स्रष्टाहरूको विभिन्न प्रकृतिको उत्कृष्ट साहित्यिक कृति प्रकाशन एवं विमोचन गर्ने ।
ढ) देशमा साहित्यिक गतिविधिलाई निरन्तरता दिई हरेक दिन साहित्यिक दिन हो भन्ने बोध गराउन मुलुकका विभिन्न ठाउंमा सहित्यिक चौतारो स्थापना गरी साहित्य सुन्ने सुनाउने, पढ्ने पढाउने वातावरण सिर्जना गर्ने ।
ण) स्रष्टाहरूका बीचमा एकता, सद्भाव, भातृत्व, शिष्टाचार एवं लेखनधर्मिता अभिवृद्धि गरी सबै नेपालीले साहित्यलाई एउटा सम्पदाको रूपमा मनन गर्ने परिस्थिति सिर्जना गर्न नेपाल माताको प्रतीक (मिनिएचर) स्थापना गरी सबैलाई गोलबद्ध हुने वातावरण निर्माण गर्ने । 
त) संस्थाको गतिविधि जानकारी गराउने प्रकृतिको बुलेटिन, समाचार, मुखपत्र प्रकाशन गर्ने ।
थ) संस्थाका तर्फबाट साहित्य संवर्धनका निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अध्ययन भ्रमण गर्ने र सेमिनार गोष्ठी परिचालन गर्ने ।
द) माथिका उद्देश्यहरू प्राप्तिको लागि नेपाल सरकार, संयुक्त राष्ट संघ लगायतका विभिन्न निकायसंग सम्पर्क एवं समन्वय कायम गर्ने ।