२०८१-१-१ साहित्य दिवस तथा पुरस्कार प्रदान

२०८१ साल वैशाख १ गते साहित्य दिवसको बिहान ८ बजे भानुमाध्यमिक विद्यालय रानीपोखरीमा रहेको आदिकवि भानुभक्त आचार्कोय सालिकमा माल्यार्पण 
गरी साहित्यिक व्यक्तित्वहरू र साहित्यिक संस्थाहरूद्वारा साहित्य दिवसको उपलक्ष्यमा व्यानर लिई शहीदद्वारबाट टुँडिखेल घुमी नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा रहेको आदिकवि भानुको सालिकमा आई समापन गरिएको र साहित्य दिवसका दिन  २०८१ वैशाख १ गते ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भुपालराईको प्रमुख आतिथ्यतामा, सिद्धिचरण कक्षमा निम्न साहित्यिक व्यक्तित्व र संस्थाहरूलाई प्रदान गरिएको छ । 
प्रदान गरिएका सम्मान तथा पुरस्कारहरू
 १. 'वसन्त-राधा पद्यकाव्य पुरस्कार’ - डा.नवराज लम्साल             ५०,०००/-
२. ‘हेमकुमारी-दिवाकर समाजसेवा सम्मान’ - सिर्जनशील अपाङ्ग आवाज २५,५५५/-
३. 'साहित्य संवर्द्धन द्रष्टा सम्मान’- प्राडा. अभि सुवेदी               १५,०००/-
४. ‘हरिहर शास्त्री-सावित्रीदेवी साहित्य पुरस्कार- प्राडा. प्रेम खत्री    ६०,०००/-
५. ‘विश्वज्योति सेवा सम्मान’ - रिमा समाज सेवा              ४०,०००/-
६. ‘शारदादेवी सिर्जना पुरस्कार’ - गङ्गा पौडेल                २१,०००/-
७. ‘जम्बकुमारी-टीकावल्लभ साहित्य सम्मान’ - डा. विप्लव ढकाल    १५,०००/-
८. ‘गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मान’ -धनञ्जय आचार्य       १३,०००/-
९. ‘निर्मला-प्रेम साहित्य सम्मान’ - रामबाबु सुवेदी             १५,०००/-
१०. ‘पुण्य-तिलस्मी-सरह दर्शन साहित्य सम्मान’ - प्राडा. वीणा पौडेल  १५,०००/-
११. ‘नन्द-आनन्द-टुल्की साहित्य सम्मान’ - खेमराज पोखरेल         १५,०००/-
१२. ‘आमोई पद्याख्यान पुरस्कार’ - डा धनपति कोइराला           २५,०००/- 
१३. ‘अभिजित-पृथा कला सङ्गीत सम्मान’ - तारावीर सिंह तुलाधर     २१,०००/-
१४. ‘सुहंसा अनुवाद साहित्य सम्मान’ - प्राडा. गोविन्दराज भट्टराई    ५१,०००/-
१५. ‘तिलकुमारी श्री साहित्य पुरस्कार’ - प्राडा. प्रह्लाद पोप्खरेल   १५,०००/-