INTRO

Shabdartha Prakashan came into existence in 2062 B.S. with a belief that there is at least one important thing to be done by each and every Nepali to assure a good future for our coming generation by stressing upon skilful, knowledgeable and self- reliant activities during this critical and peak hour of time where on one hand dishonest activities are into play and on the other, modernism is ruling our language and literature. Our goal is only to publish best literature as well as morality, knowledge and skill based text-books. Above all, our principal target is to publish dictionaries of different languages by means of Nepali Languages. Side by side we have been publishing text books of schools, campuses, dictionaries of technical words as well as a literacy magazine called “Vaijayanti.” We have published 1200 and over books in all each one being best of their kinds.
परिचय
नेपाली भाषा, साहित्य, संस्कृति र शिक्षाले निरन्तर नयाँ मोड, नयाँ स्वरुप धारण गर्दै गएको अवस्थामा, नैतिकता र स्वावलम्बन क्रमिक ह्रास हुँदै गएको बेलामा, शिक्षा ज्ञानबाट जानकारीमा मात्र सीमित हुन थालेको समयमा, राष्ट्रका प्रत्येक क्षेत्र, तप्का र घरघरबाट जागरुक बन्दै प्रत्येक नेपालीले आफ्नो स्वरुप निर्धारण गर्न केही न केही सीपमूलक, ज्ञानमूलक र स्वावलम्बनका उपायहरु अवलम्बन गर्नै पर्दछ भन्ने उद्देश्यसाथ २०६२ साल भाद्र ९ गते स्थापना भएको हो शब्दार्थ प्रकाशन । उत्कृष्ट साहित्य, नैतिक मूल्य र मान्यता, ज्ञानमूलक र सीपमूलक पाठ्य पुस्तक र मुख्य रुपमा नेपाली भाषाको माध्यमबाट शब्दकोश प्रकाशन गर्ने यसको लक्ष्य रहेको छ । साहित्य, स्कूल-क्याम्पसका पाठ्य सामाग्री, भाषा ज्ञान, सीप ज्ञान, र शब्दकोशको साथै वैजयन्ती नामक साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएको शब्दार्थ प्रकाशनले आफ्नो विगतका  २० वर्षमा १,२०० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ । 
Read More >>

Our Dictionary

           

Novel, Story, Drama

 

Religion, Critic, Essay

Vaijayanti

 
 २०६५ साल चैत्र रामनवमीदेखि आरम्भ गरिएको र हालसम्म निरन्तर एक अंक नबिराइ निस्किरहेको यो पत्रिका विधा केन्द्रित साहित्यिक पत्रिका हो, यसले  हरेक अंकको एउटा श्रेष्ठ रचनालाई वैजयन्ती स्रस्टा सम्मान प्रदान गर्दै आएको छ र यसको अहिलेसम्म पूर्वस्मृति-१, छन्दकविता-१२, समीक्षा-८, संस्मरण-६, स्वदेश र विदेश यात्रा-५, राष्ट्रिय व्यक्तित्व-५, निबन्ध-८, कथा-६, गद्यकविता-७,संस्कृति र चाडपर्व-२, एकांकी-२, लघुउपन्यास-१, लघुकथा-४, मुक्तक-४ र गजल-४, गीत-१ अंक आइसकेको छ ।

Sagar

Poem & Extra

 
header-section

Weekly Literature\ मृत्यु उत्सव कि दुःख

See All >
मृत्यु के हो ? मृत्यु चाहेर आउँछ कि नचाहेर ? मृत्यु भुक्ति हो कि मुक्ति हो ? मृत्यु दु:ख हो कि उत्सव हो ? प्रश्न अनेक छन् मान्छेका मनमा र अनेक बनाइन पनि सक्छन् । शाब्दिक अर्थमा मृत्यु मरण, निधन, स्वर्गवास; देहपात, देहवसान; काल, यमराज; विधि; ब्रह्मा; विष्णु; माया; कलि; कामदेव भनिने गरिएको छ र अर्थ परिभाषा कालअनुसार थपघट हुन पनि सक्छ र नहुन पनि सक्छ । मरण साहित्यशास्त्रअनुसार मरणासन्न हुने एक व्यभिचारी शब्द हो भने निधन नाश, विनाश, सखाप, समाप्ति र अन्त हो । निधन हुनु धनहीन हुनु हो, निधन हुनु श्रीहीन वा कान्तिहीन हुनु पनि हो अर्थात् निधन हुनु भनेको दरिद्र हुनु पनि हो । हुन पनि जो सशरीर सकिन्छ वा समाप्त हुन्छ त्योभन्दा दरिद्र, धनहीन अर्को को पो होला ?
more info
header-section

News

10

10.2024
२०८१ साल वैशाख १ गते साहित्य दिवसको बिहान ८ बजे भानुमाध्यमिक विद्यालय रानीपोखरीमा रहेको आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरी साहित्यिक व्यक्तित्वहरू र साहित्यिक संस्थाहरूद्वारा साहित्य दिवसको उपलक्ष्यमा व्यानर लिई शहीदद्वारबाट टुँडिखेल घुमी नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा रहेको आदिकवि भानुको सालिकमा आई समापन गरिएको र साहित्य दिवसका दिन २०८१ वैशाख १ गते ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति श्री भुपालराईको प्रमुख आतिथ्यतामा, सिद्धिचरण कक्षमा निम्न साहित्यिक व्यक्तित्व र संस्थाहरूलाई प्रदान गरिएको छ । प्रदान गरिएका सम्मान तथा पुरस्कारहरू १. 'वसन्त-राधा पद्यकाव्य पुरस्कार’ - डा.नवराज लम्साल ५०,०००/- २. ‘हेमकुमारी-दिवाकर समाजसेवा सम्मान’ - सिर्जनशील अपाङ्ग आवाज २५,५५५/- ३. 'साहित्य संवर्द्धन द्रष्टा सम्मान’- प्राडा. अभि सुवेदी १५,०००/- ४. ‘हरिहर शास्त्री-सावित्रीदेवी साहित्य पुरस्कार- प्राडा. प्रेम खत्री ६०,०००/- ५. ‘विश्वज्योति सेवा सम्मान’ - रिमा समाज सेवा ४०,०००/- ६. ‘शारदादेवी सिर्जना पुरस्कार’ - गङ्गा पौडेल २१,०००/- ७. ‘जम्बकुमारी-टीकावल्लभ साहित्य सम्मान’ - डा. विप्लव ढकाल १५,०००/- ८. ‘गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मान’ -धनञ्जय आचार्य १३,०००/- ९. ‘निर्मला-प्रेम साहित्य सम्मान’ - रामबाबु सुवेदी १५,०००/- १०. ‘पुण्य-तिलस्मी-सरह दर्शन साहित्य सम्मान’ - प्राडा. वीणा पौडेल १५,०००/- ११. ‘नन्द-आनन्द-टुल्की साहित्य सम्मान’ - खेमराज पोखरेल १५,०००/- १२. ‘आमोई पद्याख्यान पुरस्कार’ - डा धनपति कोइराला २५,०००/- १३. ‘अभिजित-पृथा कला सङ्गीत सम्मान’ - तारावीर सिंह तुलाधर २१,०००/- १४. ‘सुहंसा अनुवाद साहित्य सम्मान’ - प्राडा. गोविन्दराज भट्टराई ५१,०००/- १५. ‘तिलकुमारी श्री साहित्य पुरस्कार’ - प्राडा. प्रह्लाद पोप्खरेल १५,०००/-

10

10.2024
२०८०-६-५ वैजयन्ती स्रष्टा सम्मान तथा अभिज्ञान लामिछानेद्वारा प्रणीत Fourteen Petals कविता कृतिको लोकार्पण कार्यक्रम सम्मानित व्यक्तित्वहरू डा. प्रदीपकुमार मैनाली, तिलस्मी प्रभास, प्राडा. कृष्णचन्द्र शर्मा, पुण्य कार्की, हरि थापा, कलानिधि दाहाल, जीवराज भट्टराई, कृष्ण बाउसे, प्रेम राई ‘परिक्षित’, कलाधर काफ्ले, प्राडा. लक्ष्मणप्रसाद गौतम, शिव त्रिपाठी ।

10

10.2024
२०८० साल वैशाख १ गते साहित्य दिवसको बिहान ८ बजे भानुमाध्यमिक विद्यालय रानीपोखरीमा रहेको आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरी साहित्यिक व्यक्तित्वहरू र साहित्यिक संस्थाहरूद्वारा साहित्य दिवसको उपलक्ष्यमा व्यानर लिई शहीदद्वारबाट टुँडिखेल घुमी साहित्य संवर्द्धन केन्द्रद्वारा हरेक वर्ष साहित्य दिवसका दिन प्रदान गरिने निम्न पुरस्कारहरू २०८० वैशाख १ प्रदान गरियो । १. वसन्त-राधा पद्यकाव्य पुरस्कार-२०६५, २. हेमकुमारी-दिवाकर समाज सेवा सम्मान-२०६५, ३. साहित्य संवर्द्धन द्रष्टा सम्मान-२०७०, ४. हरिहर शास्त्री-सावित्रीदेवी पुरस्कार-२०४५, ५. विश्वज्योति सेवा सम्मान-२०७१, ६. शारदादेवी सिर्जना पुरस्कार-२०७२, राधिका-पदम-दुर्गा काव्य कविता पुरस्कार-२०७२, ८. जम्बकुमारी टीकावल्लभ साहित्य सम्मान-२०७३, ९. गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मान-२०७३, १०. निर्मला-प्रेम बाल साहित्य सम्मान-२०७४, ११. पुण्य-तिलस्मी-सरह दर्शन साहित्य सम्मान-२०७८, १२. नन्द-टुल्की-आनन्द साहित्य सम्मान-२०७८, १३. आमोइ पद्याख्यान पुरस्कार-२०७८