Introduction

Shabdartha Prakashan came into existence in 2062 B.S. with a belief that there is at least one important thing to be done by each and every Nepali to assure a good future for our coming generation by stressing upon skilful, knowledgeable and self- reliant activities during this critical and peak hour of time where on one hand dishonest activities are into play and on the other, modernism is ruling our language and literature. Our goal is only to publish best literature as well as morality, knowledge and skill based text-books. Above all, our principal target is to publish dictionaries of different languages by means of Nepali Languages. Side by side we have been publishing text books of schools, campuses, dictionaries of technical words as well as a literacy magazine called “Baijayanti.” We have published 600 and over books in all each one being best of their kinds.
परिचय
नेपाली भाषा, साहित्य, संस्कृति र शिक्षाले निरन्तर नयाँ मोड, नयाँ स्वरुप धारण गर्दै गएको अवस्थामा, नैतिकता र स्वावलम्बन क्रमिक ह्रास हुँदै गएको बेलामा, शिक्षा ज्ञानबाट जानकारीमा मात्र सीमित हुन थालेको समयमा, राष्ट्रका प्रत्येक क्षेत्र, तप्का र घरघरबाट जागरुक बन्दै प्रत्येक नेपालीले आफ्नो स्वरुप निर्धारण गर्न केही न केही सीपमूलक, ज्ञानमूलक र स्वावलम्बनका उपायहरु अवलम्बन गर्नै पर्दछ भन्ने उद्देश्यसाथ २०६२ साल भाद्र ९ गते स्थापना भएको हो शब्दार्थ प्रकाशन । उत्कृष्ट साहित्य, नैतिक मूल्य र मान्यता, ज्ञानमूलक र सीपमूलक पाठ्य पुस्तक र मुख्य रुपमा नेपाली भाषाको माध्यमबाट शब्दकोश प्रकाशन गर्ने यसको लक्ष्य रहेको छ । साहित्य, स्कूल-क्याम्पसका पाठ्य सामाग्री, भाषा ज्ञान, सीप ज्ञान, र शब्दकोशको साथै वैजयन्ती नामक साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएको शब्दार्थ प्रकाशनले आफ्नो विगतका  १२ वर्षमा ६०० भन्दा बढी पुस्तक प्रकाशन गरिसकेको छ । 
Read More >>

Our Dictionary

           
 

Our Popular Book

    
Our Pupular Book 2014

New Release Book

Vaijayanti

 
 २०६५ साल चैत्र रामनवमीदेखि आरम्भ गरिएको र हालसम्म निरन्तर एक अंक नबिराइ निस्किरहेको यो पत्रिका विधा केन्द्रित साहित्यिक पत्रिका हो, यसले  हरेक अंकको एउटा श्रेष्ठ रचनालाई वैजयन्ती स्रस्टा सम्मान प्रदान गर्दै आएको छ र यसको अहिलेसम्म पूर्वस्मृति-१, छन्दकविता-१२, समीक्षा-८, संस्मरण-६, स्वदेश र विदेश यात्रा-५, राष्ट्रिय व्यक्तित्व-५, निबन्ध-८, कथा-६, गद्यकविता-७,संस्कृति र चाडपर्व-२, एकांकी-२, लघुउपन्यास-१, लघुकथा-४, मुक्तक-४ र गजल-४, गीत-१ अंक आइसकेको छ ।

Dayitwa

 
 संस्थागत रूपमा र निजी स्तरबाट समेत  साहित्यिक पत्रिकाहरू कमै मात्रामा प्रकाशन भइरहेको अवस्थामा उदीयमान लेखकहरुले स्थान पाउन नसकेको आवाज उठिरहेको देखेर एउटा विशुद्ध साहित्यक पत्रिका थालनी गर्न आवश्यक देखी केही जागरुक साथीहरूको सहयोगमा दायित्व पत्रिका २०४४ साल वैशाखदेखि थालनी गरिएको हो ! यसको उद्देश्य स्थापित एवं अग्रज साहित्यकारहरूलाई ससम्मान स्थान दिनु र उदीयमान लेखकहरूलाई प्रोत्साहन गरी नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गर्ने रहेको छ !

Programme

 
header-section

गुरु

See All >
गुरू गुरूत्वबोध ! गुरू गरिमापूर्ण ! गुरू महिमावान् ! गुरू आफैमा एउटा आश्चर्यको आत्मबोधको प्रतीक । हो गुरू ठोक्छन्, गुरू चुट्छन्, गुरू पिट्छन्, गुरू बजाउँछन् । कहाँ कहाँ निर्जन जङ्गलमा लगेर फुत्त मिल्काउँछन् । कता कता गहन सागरमा र्पुयाएर हुत्याउँछन् । कहाँ कहाँ अन्जान सगरमा एक्लै निसासिने गरेर उफारिदिन्छन् । गुरूको गुरूत्व कला अपार हुन्छ । पात्र जति निसासियोस्, पात्र जति हतासियोस्, पात्र जतिसुकै उकुसमुकुसियोस् गुरू पटक्कै चिन्ता गर्दैनन् । कारण गुरूलाई बोध छ पात्रको उकुसमुकुसमा नै उसको क्षमता, दक्षता, सीप, सिर्जनाको प्रस्फुटन हुन्छ ।
more info
header-section

News

13

11.2020
सूचना हरेक र्वष रामनवमीमा प्रदान गरिँदै आएको वन्तराधा पद्ध्यकाव्य पुरस्कार र हेमकुमारी समाजसेवा सम्मान २०७६ वैशाख ७ गते यी दुवै पुरस्कारका संरक्षक वसन्तकुमार शर्म्मा नेपाल ब्रह्मलीन हुनु भएको र कोभिड-१९ का कारण स्थगित हुन गएको हुँदा २०७७ रामनवमीको पुरस्कार स्थगित गर्नु परेको र आगामी वर्ष सधैँ झै निरन्तर पुरस्कार प्रदान गरिने जानकारी गराइन्छ ।

13

11.2020
२०७७ वैशाख १ गते साहित्य दिवसको दिन प्रदान गरिने साहित्य संवर्द्धन द्रष्टा सम्मान, हरिहर शास्त्री सावित्रीदेवी साहित्य पुरस्कार, विश्वज्योति सेवा सम्मान, शारदा सिर्जना पुरस्कार, राधिका पदम दुर्गा काव्य कविता पुरस्कार, जम्बकुमारी टीकावल्लभ साहित्य सम्मान, गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मान र निर्मला-प्रेम बाल साहित्य सम्मान कोभिड-१९ का कारण स्थगित गरिएको जानकारी गराइन्छ ।

29

04.2018
निम्तो २०७६ वैशाख १ गते साहित्य दिवसको दिन २ बजे गोल्डेनलाइट पार्टी प्यालेस मित्रपार्क चाबेलमा साहित्य संवर्द्धन द्रष्टा सम्मान, हरिहर शास्त्री सावित्रीदेवी साहित्य पुरस्कार, विश्वज्योति सेवा सम्मान, शारदा सिर्जना पुरस्कार, राधिका पदम दुर्गा काव्य कविता पुरस्कार र जम्बकुमारी टीकावल्लभ साहित्य सम्मान, गुरु रामप्रसाद श्रेष्ठ साहित्य सम्मान र निर्मला-प्रेम बाल साहित्य सम्मान समर्पण गरिंने र साथै पुस्तक लोकार्पणमा हार्दिक निमन्त्रणा ।